१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेदर्ल्यान्ड्सको हेग राजनीतिमा नेपाली युवाको प्रवेश

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७७, बिहीबार १८:००

नेदर्ल्यान्ड्स । नेदर्ल्यान्ड्सको ईतिहासमै पहिलो पटक नेपाली मुलका युवा हेगको राजनीतिमा प्रवेश गरेका छन। पोखरा लेक साइड घर भै बिगत केही बर्ष देखी स-परिवार हेगमा बसोबास गर्दै आएका सञ्जय श्रेष्ठले राजनतिक शास्त्र तथा अन्य बिषयमा विश्व कै चर्चित लाइडेन युनिवर्सिटी काउन्सिलको लागी यही मे महिनाको २५-२९ हुन गैरहेको निर्वाचनमा डेमोक्र्याटिक स्टुडेन्ट पार्टी हेगको तेस्रो पदका लागी उम्मेद्वारी दिदै आफ्नो पहिलो राजनैतिक यात्रा सुरु गरेका हुन।

नेदर्ल्यान्द्समा नेपाली राजनीति संग सम्बन्धित बिभिन्न संघ संस्थाहरु सकृय रहे पनि नेदर्ल्यान्ड्स कै राजनीतिमा प्रवेश गर्ने श्रेष्ठ पहिला ब्यक्ती हुन।

पोखराको स्टेप बाइ स्टेप स्कुल बाट प्राथमिक शिक्षा सुरु गरी बेलायतको प्रसिद्द विश्वबिद्यालय बाट स्नाकोत्तर पुरा गरी स्टुडेन्ट एम्बेस्सेडर भै काम गरिसकेका २९ बर्षिय श्रेष्ठ लाइडेन युनिवर्सिटीमा राजनीतिक शास्त्रमा स्नाकोत्तर अन्तिम बर्षमा अध्ययनरत छन।

जिवन यात्राको सुरुवातमा राजनीति प्रती खासै चासो नराखेका श्रेष्ठको पारिवारिक पृष्‍ठभुमी राजनीति भएको र अन्तरराष्ट्रिय राजनीतिको थलो हेगबाट प्रभावित भएर राजनैतिक यात्रा सुरु गरेको उनी बताउछन भने छोटो समय मै युनिवर्सिटिमा आफुले खेलेको प्रभावकारी भूमिकाका कारण आफ्नो जित सुनिश्चित रहेको समेत बताए। साथै सानो संख्यामा रहेको समुदायबाट नेदर्ल्यान्ड्सको राजनीतिमा प्रवेश गर्ने पहिलो ब्यक्ती भएका कारण यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरुबाट नैतीक समर्थन,सहयोग र माया पाउनेमा उनी ढुक्क छन।

स्मरण रहोस्: विश्व प्रसिद्द बैज्ञानीक अल्बर्ट आइन्स्टाइनले यही लाइडेन युनिवर्सिटिमा प्रोफेसर भै १३ बर्ष सेवा गरेका थिए भने विश्व राजनीतिमा सबै भन्दा महत्वपूर्ण दख्खल राख्ने बिल्डरबर्ग् फाउन्डेशनका प्रमुख समेत यही युनिवर्सिटिका प्रोफेसर रहदै आएका छन। नेदर्ल्यान्ड्सका राजपरिवारले समेत अध्ययन गर्ने र प्रधानमन्त्रि लगायत युरोपका राजनेताहरु उत्पादन गर्ने यस युनिवर्सिटी राजनैतिक शास्त्रको अध्ययनका लागी विश्व कै उच्च कोटिको मानिन्छ।