१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आज मन्त्रिपरिषद बैठक : विदेशमा रहेका नेपाली फर्काउने विषयमा छलफल हुने

नेपालब्रिटेन संवाददाता
९ जेष्ठ २०७७, शुक्रबार ०४:०४

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बैठक बस्न भएको छ । बैठकमा विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने, निशाना छाप परिवर्तन गर्ने र कलडाउनको मोडल परिवर्तनको विषयमा छलफल गर्ने भएको छ ।

केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको बारेमा छलफल भएको थियो । काठमाडौंलगायत मोफसलका केही होटललाई क्वारेन्टाइन बनाउने र विदेशबाट आउने नेपालीलाई तिनै होटलमा व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ ।