१३ बैशाख २०८१, बिहीबार
Follow Us

आज ३० जना थपिए, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

नेपालब्रिटेन संवाददाता
९ जेष्ठ २०७७, शुक्रबार ०४:०७

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्ताल, चितवनमा गरिएको परीक्षणअनुसार शुक्रबार ३० जना नयाँ संक्रमण पुष्टि भएको हो ।

नवलपरासी विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर नगरपालिका ६ केसरबाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला रहेका छन् ।

नवलपरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका–३ का ३३ र ३५ वर्षीय पुरुष तथा १५ वर्षीय महिला छन् । कपिलवस्तु बाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष र ८ वर्षीय बालिका रहेका छन् ।

सर्लाही गोडैता नगरपालिकाकाका  ८, ९, ११, १३ र १४ का छन् । यसैगरी रामनगर बहुअर्बा गाउँपालिका–७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीय महिला रहेका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।