७ बैशाख २०८१, शुक्रबार
Follow Us

कपिलवस्तुका २ जना पत्रकारमा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
९ जेष्ठ २०७७, शुक्रबार ११:०२

कपिलवस्तु । कपिलवस्तुमा दुई जना संचारकर्मी सहित जिल्लामा थप नौ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । वाणगंगा नगरपालिकाका ५ जना, मायादेवी गाउंपालिकाका ३ जना र कपिलवस्तु नगरपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमित आठ जना मध्ये २ जना स्थानीय सञ्चारकर्मीहरु रहेका छन् । संक्रमित सवैको कन्ट्याक्ट हिस्ट्री लिने काम सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमति सवैलाई कोरोना अस्पताल दाङ लैजाने तयारी गरिएको छ । कपिलवस्तुमा हालसम्म कुल ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।