१२ बैशाख २०८१, बुधबार
Follow Us

दार्चुला नाकाबाट ३२२ नेपाली स्वदेश फर्किए

नेपालब्रिटेन संवाददाता
९ जेष्ठ २०७७, शुक्रबार ११:१६

काठमाडौं । नेपाल–भारत जोड्ने दार्चुला नाकाबाट ३ सय २२ जना नेपालीहरु नेपाल प्रवेश गरेका छन् । जिल्ला सदरमुकाम खलंगाको पुलघाँट खोलेर नेपालीहरुलाई प्रबेश गर्न दिइएको हो । भारतीय बजार क्षेत्र धारचुला क्षेत्रमा रोकिएका ३ सय २२ नेपाली नागरिकहरु स्वदेश फर्किएको महाकाली नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख भुवन जोशीले जानकारी दिए ।

सबैभन्दा बढी दार्चुलाका १ सय २२ जना उक्त नाकाबाट आएका छन् । बझाङका १४ जना, डोटीका ७ जना, हुम्लाका एक जना, बाँकेका ९ जना, रामेछापका ६ जना, दैलखका २९ जना, कैलालीका ३ जना, सुर्खेतका ५२ जना, अछामका ३ जना, बैतडीका ४० जना, कञ्चपुरका ६ जना र जुम्लाका २१ जना स्वदेश फर्किएका छन् ।

स्थानीय प्रसासनले मजदुरहरू लाई नेपाल भित्र्याउदा सामाजिक दुरिको ख्याल नराख्दा कोरोना संक्रमणको जोखिम समेत बढेको छ ।