१४ बैशाख २०८१, शुक्रबार
Follow Us

संक्रमित डिस्चार्ज हुनेको संख्या ७० पुग्यो

नेपालब्रिटेन संवाददाता
९ जेष्ठ २०७७, शुक्रबार ११:२३

नेपालगञ्ज । नेपालगञ्जका पहिलो संक्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–७ का पहिलो संक्रमित ६० वर्षीय पुरुष र नेपालगञ्ज–८ जोलाहनपुरका एक बालकसहित २० जना गरी जम्मा २१ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

कोरोना पराजित गरेका सबैलाई स्वास्थ्य परामर्श दिई अस्पतालबाट डिस्चार्ज गरिएको छ । तीन दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब सङ्कलन गरी भेरी अस्पतालको प्रयोगशालामा दुई पटकसम्म गरिएको परीक्षणमा २१ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।

नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या ७० पुगेको छ । बाँकेमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।