१५ चैत्र २०८०, बिहीबार
Follow Us

शिक्षण अस्पतालमा उपचाररत महिलामा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०७७, शनिबार १६:१४

काठमाडौं । काठमाडौं महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा ४ हुप्राचौर निवासी ५४ बर्षिय महिलामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम स्थित मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयू आइशोलेसनमा उपचार महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमित महिलाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।

महिलालाई कोरोना पुष्टि भएपछि सीसीयू र आइसोलेसन वार्ड सिल गरिएको छ । उनको सम्पर्कमा आएका ब्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ । हेटौडा अस्पतालमा मुटुको चालमा समस्या देखिएपछि उनलाई एक साता अघि काठमाडौं रिफर गरिएको थियो ।

हेटौंडामा समेत उनीसँग सम्पर्कमा रहकाका खोजी थालिएको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले जानकारी दिए । उनको उपचार गर्ने डाक्टर, सम्पर्कमा रहेका व्यक्ति, घर परिवारको समेत पीसीआर गर्ने तयारी थालिएको छ । चिकित्सकहरु पनि आइसोलेसनमा बसेका छन् ।

शुक्रबार मन्त्रालयले हेटौंडा उपमहानरपालिका ३ की महिलामा कोरोना संक्रमण भएको जानकारी सार्वजनिक गरेको थियो । तर उनको ठेगाना हेटौंडा ४ हुप्राचौर भएको खुलेको वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।