७ बैशाख २०८१, शुक्रबार
Follow Us

गुल्मी समाजको च्यारिटीबाट ८ हजार ८७० पाउण्ड संकलन

नेपालब्रिटेन डट कम्
२० मंसिर २०७३, सोमबार १५:५८

लन्डन । गुल्मी जिल्ला समाज यूकेले गुल्मी सदरमुकाम तम्घासमा ब्लड बैंक स्थापना सहयोगार्थ आइतबार एक च्यारिटी कार्यक्रम गरेको छ । च्यारिटीबाट ८ हजार ८७० पाउण्ड संकलन भएको समाजका कोषाध्यक्ष तारानाथ भण्डारीले जानकारी दिएका छन् ।

विश्व अपांगता दिवसका अवसरमा चाल्टर्नस्थित प्यारिस हलमा आयोजित कार्यक्रमको प्रमुख अतिथी थिए दूतावासका उपनियोग प्रमुख एवं प्रवक्ता शरदराज आरण । ब्लड बैंक स्थापना र केही हिस्सा आशा अपांग केन्द्रको सहयोगका लागि आयोजित कार्यक्रम सम्वोधन गर्दै आरणले मातृभूमिप्रति गुल्मेलीहरुको सहयोगी भावनाको प्रशंसा गरे ।

समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुंवर, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगीमगर, संस्थापक अध्यक्ष एवं सल्लाहकार ओमप्रसाद थापा र पूर्व अध्यक्ष एवं सल्लाहकार अर्जुन गौतमले समाजका गतिविधिबारे प्रष्टयाएका थिए ।

अध्यक्ष गलामीले आफू भाषणभन्दा काम गरेर देखाउने बताउंदै सहयोगी सबैप्रति आभार व्यक्त गरे ।
समाजका महासचिव शिव भण्डारी र प्रवक्ता मन्जु भण्डारी खरेलले सञ्चालन गरेको औपचारिक कार्यक्रममा उपाध्यक्ष फडिन्द्र भट्टराईले स्वागत मन्तव्य दिए । सहकोषाध्यक्ष राम सापकोटाले ब्लड बैंक स्थापनाको उद्देश्यबारे बोले भने उपाध्यक्ष राजन खरेलले च्यारिटी उद्देश्यबारे जनाए ।

कार्यक्रममा प्रथम नौमति बाजा गुल्मी यूकेको प्रस्तुति रोचक रह्यो । नौमती बाजाको धुनमा सहभागी मज्जाले नाचे भने सुजाता काफ्ले, रण केसी लगायतको दोहोरी पनि कम रोचक थिएन । गोकुल भण्डारीले गुल्मी र गुल्मेली जनताको सहयोगी भावनामा केन्द्रित कविता वाचन गरेका थिए । स साना बालबालिकाले नाच प्रस्तुत गरे ।
कार्यक्रमको संयोजन उपाध्यक्षहरु फडिन्द्र भट्टराई र राजन खरेलले गरेका हुन् । उक्त अवसरमा माउन्टेन भ्यू रेष्टुरेन्टका रोमनाथ पाण्डेले खाना र डिजे हेम विष्टले साउण्ड सिस्टम उपलव्ध गराएका थिए । कार्यक्रमका सहयोगदातालाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि पशुपति भण्डारी, एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठ, उपाध्यक्ष दासुराम पाण्डे, रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटी अध्यक्ष कुमार श्रेष्ठ, चाल्टर्न समाज यूकेका संस्थापक अध्यक्ष सुरज केसी, व्यवसायीहरु कमल भण्डारी, यादव भण्डारी, साझा नेपाली समाज यूके अध्यक्ष रण केसी, शान्ति नेपाली समाज बेलायतका अध्यक्ष कृष्ण ढकाल, बेलायत कांग्रेसका भोजप्रसाद गुरुङ, मोती भण्डारी लगायतको सहभागिता थियो ।

15285043_1741400059514040_2737123672664139310_n

15317934_1741400019514044_3115368922915987712_n

15390788_1741403412847038_2478224445512417188_n

15390884_1741401936180519_5373762168113538624_n