१६ चैत्र २०८०, शुक्रबार
Follow Us

काठमाडौंका ३ सहित आज ७२ जना नयाँ संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
१२ जेष्ठ २०७७, सोमबार ०५:३१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जारी गरेको विज्ञप्तिअनुसार आज ७२ जना कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंको टोखामा २ जना र बुढानीलकण्ठमा १ जना थपिएका छन् । आज थपिएका ७२ जनासँगै कूल संक्रमितको संख्या ६७५ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा धनुषा नगराइन नगरपालिकाका ३ जना, कपिलवस्तु शिवराज नगरपालिकाको ३, ५ र ६ वडाकाबाट ३ जना र काठमाडौंको टोखाबाट २ जना र बुढानीलकण्ठबाट १ जना पुरुष संक्रमित भएका छन् । यसै बाराको कलैया नगरपालिका–१ बाट २ जना पुरुष संक्रमित भएका छन् । रौतहट राजपुर फरहदवाको २, ६, ८ र इशनाथ–२ का २६ जना पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षण अनुसार सप्तरी डाक्नेधरी गाउँ पालिकाका २ जना पुरुष, बर्दिया बासगढी–९ का एकजना पुरुषमा संक्रमण भेटिएको छ । यस्तै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षण अनुसार बाँकेको दुधवा गाउँपालि र रामी सोनारी गाउँपालिका–७ का ४ जना पुरुषमा संक्रमण भेटिएको छ ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बारा गडीमाइ नगरपालिकाका २१ जना पुरुषमा संक्रमण देखिएको छ भने भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका ढुंगेधर गाउँपालिकाका ५ जनामा र प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेख गुराँस गाउँपालिकाका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।