१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपालमा आज एकै दिन थपिए ११४ कोरोना संक्रमित

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०७७, बुधबार १०:४६

काठमाडौं । नेपालमा आज मात्रै ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको मन्त्रालयले जनाएको छ ।

आज रौतहट, दाङ, बारा, झापा, बाग्लुङमा कोराना संक्रमित थपिएका हुन् । आज रौतहटमा ३५ जना नयाँ संक्रमित थपिएका हुन । रौतहटको इशनाथका १६, गौरका ८, गढीमाईका ७, देवाही गोनहीका २ कटरीया २ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै झापामा १७ जनामा संक्रमण पुष्टि भएको छ । झापाको कचनकबलका १५ र गौरादहका दुईजनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आजै बाग्लुङमा पनि छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बडिगाढ गाउँपालिकाका दुई र तमान खोला गाउँपालिकाका चार जना रहेका छन । योसँगै कोरोना संक्रमित हुनेको संख्या ८ सय ५३ पुगेको छ ।

देशभरीका विभिन्न क्वारेन्टिनमा ५५ हजार २ सय ८२ बढी छन् । यो अहिलेसम्म क्वरेन्टिनमा भएका मानिसको सर्वाधिक संख्या हो । क्वारेन्टिनमा रहने प्रायः सबै भारतबाट फर्केका नागरिका हुन् । संक्रमणवाट हालसम्म चार जनाको मृत्यु भएको हो । अहिलेसम्म निको भएर १ सय ५५ जना घर फर्केका छन ।