१६ चैत्र २०८०, शुक्रबार
Follow Us

हेटौंडाकी २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०७७, बुधबार १०:४८

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौंकिटोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जेठ नौ गते चितवनबाट हेटौंडा आएकी उनको हेटौंडा स्थित प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि भएपछि उनलाई भरतपुरस्थित आईसोलेसनमा लगिएको छ । उनका श्रीमानको पनि स्वाब संकलनको तयारी गरिएको छ । संक्रमित भेटिएपछि हेटौंडाको चौकीटोलवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । उनी बस्दै आएको घर भने शील गरिएको छ । यसअघि हेटौंडा ४ बस्ने एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।