१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘अँध्यारोमा जिउने’ चाहना सार्वजनिक

नेपालब्रिटेन डट कम्
२१ मंसिर २०७३, मंगलवार ०४:११

गायक तथा संकलक राजु देउलाको नयाँ गीत ‘अँध्यारोमै जिउन चाहन्छु’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंको बानेश्वरस्थित एक पार्टी प्यालेसमा एक कार्यक्रम गरी उक्त गीत सार्वजनिक गरिएको हो हो । गायक राजु देउलाकै शब्द तथा विक्रम थापाको संगीत रहेको ‘अध्याँरोमै जिउन चाहन्छु’ गीत आधुनिक गीत हो । लामो समयदेखि संगीत क्षेत्रमा संघर्ष गर्दै आएका देउलाले उक्त गीतबाट आफूले राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरेको बताए । ‘मैले निकै मेहनत गरेको छु, युवा पुस्ताले रुचाउलान् भन्ने विश्वास लिएको छु’ उनले भने ।
राजेश शर्मा, अनिता र दिपेनले अभिनय गरेको गीत उक्त गीत हाइलाईट्स नेपालले बजारमा ल्याएको छ । लामो समयदेखि व्यवसायमा आबद्ध राजेश शर्माले उक्त गीतमा एक घाइते प्रेमीको भूमिका निर्वाह गरेका छन् भने दिपेन र अनिताले उनलाई साथ दिएका छन् । यादव पुडासैनीले निर्देशन गरेको म्युजिक भिडियोमा सुरेश बज्राचार्यको सिनेमेट्रो ग्राफिक्स रहेको छ भने दृष्य सम्पादन नविन निरौलाले गरेका छन् ।