१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कोरोनाबाट बेलायतमा थप एक भूपूगोर्खाको मृत्यु

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७७, बुधबार २१:२६

लन्डन । कोभिड १९ का कारण बेलायतमा अर्का एकजना भूतपूर्व गोर्खाको निधन भएको छ ।

बेलायतको ग्रेज बस्ने ६१ वर्षीय जीतेन्द्र राईको मंगलबार निधन भएको हो ।

पुरख्यौली घर खोटाङ जन्तेडांडा ३ भएका स्वर्गीय राईको पछिल्लो समय उदयपुरमा बसाइ थियो ।

उनका तीन छोरा र श्रीमती छन् ।

लन्डनस्थित नेपाली दूतावासले ५४ जना भूतपूर्व गोर्खाले कोभिड १९ का कारण निधन भएको पुष्टि गरेको छ । बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ ।