८ बैशाख २०८१, शनिबार
Follow Us

भारतले कालापानीबाट सुरक्षा फौज हटाउनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०७७, बिहीबार ०८:४९

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई नेपालसँग भएको सुगौली सन्धिको सम्मान गर्दै नेपाली भूमि कालापानीबाट उसको सुरक्षा फौज फिर्ता गर्न आग्रह गरेका छन् । भारतीय सञ्चारमाध्यम द हिन्दूलाई दिएको अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन् ।

मन्त्री ज्ञवालीले अन्तर्वार्तामा नेपाल र भारतबीच बल्झिँदै गएको सीमा समस्या छिटै समाधान गर्न सो क्षेत्रमा यथास्थितिको अवस्था सिर्जना गर्नुपर्ने र त्यसका लागि सबैभन्दा पहिले भारतले त्यहाँ तैनाथ गरेको सुरक्षा फौज फिर्ता गर्नुपर्ने उल्लेख गरेका छन् ।

नेपालको भूमिमा सडक निर्माण जस्ता एकपक्षीय काम गरिनु हुँदैन र यो कुरा सम्वादबाटै चाँडो टुंग्याउनुपर्छ भनेपनि त्यसमा भारतले वेवास्ता गरेको उनले बताएका छन् । नेपालले प्रस्ताव गरेको सचिवस्तरीय बैठक पनि हुन नसकेको ज्ञवालीले उल्लेख गरेका छन् ।

भारतले गत नोभेम्बरमा एकपक्षीय रुपमा नेपालको भूमि समेत समेटेर नक्शा जारी गरी नेपाललाई निराश पारेको पनि अन्तर्वार्तामा ज्ञवालीले उल्लेख गरेका छन् ।