७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालमा एकै दिन थपिए १५६ जना, संक्रमितको संख्या १०४२ पुग्यो

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०७७, बिहीबार ०८:५९

काठमाडौं । नेपालमा आज एकै दिन १५६ जनामा कोरोना भइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । त्यस्तै कोरोनाका कारण ललितपुरका एक जनाको मृत्यु भएको समेत मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।