६ बैशाख २०८१, बिहीबार
Follow Us

बजेट: विदेशमा रोजगारी गुनाउने युवालाई रोजगारमा परिचालन गरिने

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७७, बिहीबार ११:४९

थप २ लाख रोजगारी सिर्जना गर्ने

काठमाडौं। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बजेट ६ अर्ब ६० करोड रुपैयाँ बढाएको छ। चालु वर्ष यस कार्यक्रमका लागि ५ अर्ब रुपैयाँ छुट्याएकोमा आगामी वर्षका लागि ११ अर्ब ६० करोड पुर्याएको छ।

यस कार्यक्रमको खर्चबारे विवाद भएपनि अर्थमन्त्री डा युवराज खतिवडाले थप २ लाख रोजगारी सिर्जना गर्ने भन्दै यस कार्यक्रममा रकम थप गरेका छन्। उनले यस कार्यक्रमको दायरालाई फराकिलो बनाइने जानकारी दिए।

अर्थमन्त्री खतिवडाले स्वदेश र विदेशमा कोरोनाबाट रोजगारी गुनाउने युवाहरुलाई रोजगारमा परिचालन गरिने जानकारी दिए। कोरोनाले रोजगारी गुमाएकालाई विकास निर्माणमा परिचालन गर्ने जानकारी दिए।

विदेशी कामदार स्वदेश फर्किएपछि त्यो ठाउमा नेपालीले काम गर्न सक्ने बनाउन संघ र प्रदेशमा सिप विकास तालिम केन्द्र बनाउने र त्यका लागि एक अर्व छुट्याइएको छ । यसबाट ५० हजारलाई रोजगारी दिइने छ।

सिप विकास केन्द्रबाट साना तथा मmझौला उद्योगमा खपत हुने जनशक्ति उत्पादन गर्न ४ अर्व ३४ करोड छुट्याईएको र त्यसबाट ७५ हजार रोजगारी सिर्जना हुनेछ।

साना किसान सहकारीको कर्जाबाट ४० हजार, युवा स्वरोजगार कोषबाट १२ हजार, जडिबुटीलगायत व्यवसायबाट ३० हजार रोजगारी सिर्जना हुने बताइएको छ।

यसैगरी ३२ हजार सामाजिक संस्थालाई सहकारीमा रुपान्तरण गरी उनीहरुको १९ अर्व विउपुँजी परिचालन गरी एक लाख ५० हजार रोजगारी सिर्जना हुने बताइएको छ।

यसैगरी श्रम स्विकृती नलिइ विदेशीले नेपालमा काम गर्न नपाउने र वैदेशिक रोजगार प्रवद्र्धन कोषको रकमलाई रोजगारीबाट फर्किने कामदार पुनस्थापनमा पनि परिचालन गरिनेछ।