४ बैशाख २०८१, मंगलवार
Follow Us

तामिलताडूका मुख्यमन्त्री जयाललिता हृदयघातबाट निधन

नेपालब्रिटेन डट कम्
२१ मंसिर २०७३, मंगलवार ०४:३५

नयाँदिल्ली । भारतको तमिलनाडुकी मुख्य मन्त्री जयललिताको निधन भएको छ । उनको गएराति पौने १२ बजे निधन भएको हो ।

चेन्नईको अपोलो अस्पतालले प्रेस विज्ञप्ति निकाल्दै सोमबार राति पौने १२ बजे निधन भएको जनाएको हो । ६८ वर्षिया जयललिताको स्वास्थ्यमा समस्या देखिएपछि गत सेप्टेम्बर २२ तारिखमा अस्पताल भर्ना गरिएको थियो । गत आइतबार हृदयघात भएपछि जयललितालाई आइसियुमा राखेर उपचार थालिएको थियो ।

एपोलो अस्पतालमा आइतबारदेखि नै उनका शुभेच्छुकको भिड लागेको छ । त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जयललिताले चार पटकसम्म मुख्य मन्त्रीको पद सम्हाल्नु भएको थियो । यस्तै, उनले एक सय ४० वटा चलचित्रमा अभिनय पनि गरेकी थिइन् ।

१९४८ फेबु्रअरी २४ मा जन्मिएकी जयललिताले सन् १९८२ मा राजनीतिमा प्रवेश गरेकी थिइन् । ८ पटक विधानसभा तथा एक पटक राज्यसभाको चुनाव लडेकी उनी ५ पटक तामिलनाडुको मुख्यमन्त्री बनेकी थिएन् ।