१५ चैत्र २०८०, बिहीबार
Follow Us

बजेटमा एनआरएनएको उच्च मूल्यांकन

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०७७, बिहीबार १३:००

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७-७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन् । कोराना सङ्क्रमणको महामारीका बीच समाजिक दूरी कायम गरी व्यवस्थापन गरिएको सङ्घीय संसद्को संयुक्त बैठकमा उनले आज बजेट प्रस्तुत गरेका हुन् । बजेटमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्च मूल्यांकन गरिएको छ ।

अर्थमन्त्री खतिवडाले एनआरएनको ज्ञान, सीप, पुँजी र प्रविधिलाई राष्ट्र विकासमा उपयोग गरिने बजेट वक्तव्यमा उल्लेख गरेका छन् । विदेशमा जोखिममा रहेका नेपालीको संरक्षण र उद्दारमा एनआरएनको सहयोग लिइने बजेट वक्तव्यमा उल्लेख छ भने नेपालसँग नाता जोडिएका विदेशी नागरिक एनआरएनले नेपाल आउँदा अनलाइनमार्फत भिसा लिन पाउने व्यवस्था गरिएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बजेटको व्यवस्था गरेकोमा स्वागत गरेका छन् ।