१३ बैशाख २०८१, बिहीबार
Follow Us

सीमाको विषयमा तत्काल नेपालसँग वार्ता हुँदैन : भारत

नेपालब्रिटेन संवाददाता
१६ जेष्ठ २०७७, शुक्रबार ०४:०१

नयाँदिल्ली । भारतले सकारात्मक पहल गरिए मात्र सीमा सम्बन्धमा नेपालसँग वार्ता गर्ने बताएको छ । भारतको विदेश मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले सीमालाई लिएर भारत र नेपालबीच देखिएको पछिल्लो तनावका सम्बन्धमा वार्ताका लागि रचनात्मक र सकारात्मक पहल चाहिने बताएका हुन् ।

भारत सबै छिमेकीसँग सम्वादका लागि तयार रहेको तर त्यसका लागि आपसी संवेदनशीलता र सम्मानका साथै विश्वास र भरोसापूर्ण वातावरण चाहिने उनको भनाइ छ ।

उनले सीमा सम्बन्धमा नेपालमा भइरहेका घटनालाई नजिकबाट नियालिरहेको पनि बताए । नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्रयाक उदघाटन गरेकोमा नेपालले आपत्ति जनाउदै आएको छ ।

सीमा विवाद समाधानका लागि तत्काल विदेश सचिवस्तरीय संयन्त्रको बैठक बोलाउन नेपालले माग गरेपनि भारतले आलटाल गर्दै आएको छ ।