६ चैत्र २०८०, मंगलवार
Follow Us

कोरोना संक्रमणले विश्वमा ३ लाख ६१ हजार बढीको मृत्यु

नेपालब्रिटेन संवाददाता
१६ जेष्ठ २०७७, शुक्रबार ०४:१०

लन्डन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ६१ हजार नाघेको छ । ५९ लाख संक्रमित मध्ये २५ लाख ७७ हजार उपचार पछि निको भएका छन् । ५२ हजार ८ सय संक्रमितको अबस्था गम्भिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३ हजार नाघेको छ । संक्रमितको संख्या १७ लाख ६८ हजार रहेको छ । बेलायतमा २ लाख ६९ हजार संक्रमित मध्ये ३७ हजार ८ सय बढीको मृत्यु भएको छ ।

इटालीमा २ लाख ३१ हजार ७ सय संक्रमित र ३३ हजार बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८६ हजार २ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ६ सय नाघेको छ । यस्तै स्पेनमा २ लाख ८४ हजार ९ सय बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा ४ लाख ३८ हजार ८ सय बढी संक्रमित हुंदा करिब २७ हजारको मृत्यु भएको छ ।

उता जर्मनीमा १ लाख ८२ हजार बढी संक्रमित र ८ हजार ५ सयको मृत्यु भएको छ । चीनमा ८२ हजार ९ सय ९२ कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ पुगेको छ । रसियामा ३ लाख ७९ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ ।

यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार नाघ्दा ४ हजार ७ सय बढीको मृत्यु भएको छ । पाकिस्तानमा हालसम्म ६१ हजार २ सय बढी संक्रमितमा १ हजार २ सयको मृत्यु भएको छ ।