७ बैशाख २०८१, शुक्रबार
Follow Us

मोदीको मुड ठीक छैन : ट्रम्प

नेपालब्रिटेन संवाददाता
१६ जेष्ठ २०७७, शुक्रबार ०४:१३

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी सीमा विवादका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नरहेको टिप्पणी गरेका छन् । ओभलमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चीनसँगको सीमा विवादको विषयलाई लिएर भारतका प्रधानमन्त्री मोदीको मुड ठीक नरहेको टिप्पणी गरेका हुन् ।

उनले चीन र भारतबीच देखिएको सीमा विवाद समाधानका पनि आफु मध्यस्तता गर्न तयार रहेको पनि दोहोर्‍याएका छन । चीनसँगको सीमा विवादबारे भारतीय प्रधानमन्त्री मोदीसँग आफूले कुरा गरेको पनि ट्रम्पले उल्लेख गरेका छन ।

सीमा विवादलाई लिएर भारत र चीन दुबै देश खुसी नरहेको उनको भनाइ छ । यसअघि पनि ट्रम्पले ट्वीट गर्दै चीन र भारतको सीमा विवाद समाधानका लागि आफू मध्यस्थता गर्न तयार रहेको बताएका थिए । यसबारे चीनले कुनै प्रतिक्रिया जनाएको छैन ।