६ चैत्र २०८०, मंगलवार
Follow Us

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२, एकै दिनमा १७० थपिए

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७७, शुक्रबार १०:५९

लण्डन । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

शुक्रबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार २१२ पुगेको जनाए ।

संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् ।

संक्रमितमध्ये हालसम्म २०६ जना निको भएर घर फर्किइसकेका छन् ।