१४ बैशाख २०८१, शुक्रबार
Follow Us

डब्लुएचओसँगको सम्बन्ध तोड्ने ट्रम्पको घोषणा

नेपालब्रिटेन संवाददाता
१७ जेष्ठ २०७७, शनिबार ०४:२५

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले डब्लुएचओसँग सम्बन्ध तोडेको घोषणा गरेका हुन् ।

कोरोना संक्रमण नियन्त्रणको भुमिकालाई लिएर ब्यापक सुधार गर्न अनुरोध गरेपनि डब्लुएचओ त्यसमा असफल भएको उनको आरोप छ । संक्रमण फैलिनबाट रोक्न असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गरिसकेका छन् ।

ट्रम्पले अमेरिकाले डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व जनस्वास्थ्यमा लगाउने घोषणा समेत गरे । डब्लुएचओले चीनको पक्षपोषण गरेको आरोप पनि उनले दोहोर्‍याए । चीनले अमेरिका भन्दा कम सहयोग गरेपनि डब्लुएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा रहेको उनको भनाइ छ ।

ट्रम्पले हङकङलाई निशाना बनाएर ल्याइएको नयाँ सुरक्षा कानूनलाई लिएर चीनको आलोचना पनि गरेका छन् । उनले अमेरिकाले हङकङको यात्रा तथा व्यापारलाई लिएर दिँदै आएको विशेष व्यवहार अन्त्य गर्न थाल्ने घोषणा पनि गरेका छन् । चीनले ल्याएको नयाँ सुरक्षा कानून दुःखद रहेको उनले बताएका छन् ।