१५ बैशाख २०८१, शनिबार
Follow Us

पदभन्दा जनता ठूलो : सांसद पुनमगर

नेपालब्रिटेन डट कम्
२१ मंसिर २०७३, मंगलवार ०४:४४

रोल्पा । नेपाली काँग्रेसका सांसद अमरसिंह पुनमगरले सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सोमबार रोल्पाको सदरमुकाम लिवाङमा आयोजित विरोधसभामा बोल्दै सांसद पुनले यस्तो बताउनुभएको हो । “यतिबेला जनताको भावना अखण्ड ५ नम्बर प्रदेश भन्ने रहेको छ, म तिनै जनताको प्रतिनिधि कसरी जनभावना विपरीत जान मिल्छ” रु पुनले प्रश्न गर्नुभयो ।

आफ्नो पार्टी सम्मिलित सरकारले संशोधन प्रस्ताव ल्याएको भए पनि आफू प्रस्तावको विपक्षमा उभिने बताउँदै “आफ्नो लागि सांसद पद भन्दा जनता ठूलो हुने” बताउनुभयो ।

मिलेर बसेका ५ नम्बर प्रदेशका जनतालाई जिस्क्याएर सरकारले गम्भीर गल्ती गरेको पुनको आरोप थियो । विरोध कार्यक्रममा पूर्वसांसदद्वय लेखनाथ आचार्य र रिमा नेपालीलगायत जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुखले जनभावनाविपरित प्रदेश ५ बाट रोल्पालाई छुट्याउने कुराको विरोध गरेका थिए ।

यस पूर्वका कार्यक्रममा सहभागी हँुदै आएको सरकारको नेतृत्वमा रहेको नेकपा ९माओवादी केन्द्र०ले भने सोमबारको कार्यक्रमका सहभागिता जनाएन ।

अखण्ड ५ नम्बर प्रदेश संयुक्त सङ्घर्ष समिति, रोल्पाले जिल्लामा केन्द्रित आन्दोलनलाई इलाकास्तरमा विस्तार गर्ने जनाएको छ ।

यसअनुसार जिल्लाका सुलिचौर, होलेरी, घर्तीगाउँ, इरिवाङ, जुगार र जिनावाङ बजार केन्द्रमा विरोधसभा गरिने संयुक्त सङ्घर्ष समिति रोल्पाले बताएको छ ।