१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कर्णाली प्रदेशमा संक्रमितको संख्या ६० पुग्यो

नेपालब्रिटेन संवाददाता
१७ जेष्ठ २०७७, शनिबार ०४:३३

सुर्खेत । दैलेखका थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको स्वाब परीक्षणमा चौध जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुने सबै नारायण नगरपालिकाका रहेका छन् । संक्रमित १७ देखि ५० वर्ष उमेरका पुरुषहरु छन् । यसअघि सुर्खेत र नेपालगञ्जमा गरिएको परीक्षणमा दैलेखका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । कोरोना संक्रमण पुष्टि हुने सबै भारतवाट फर्केर क्वारेन्टिनमा बस्दै आएका मानिसहरु छन् ।