१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

नेपालब्रिटेन संवाददाता
१७ जेष्ठ २०७७, शनिबार ०४:३५

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा दिउँसो एक बजेपछि पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे छलफल हुनेछ । कांग्रेसले संबिधान संसोधन प्रस्तावमा आफु सकारात्मक रहेको यसअघि नै जानकारी गराइसकेको छ । कांग्रेसले मधेस केन्द्रित दलले अघि सारेको संसोधन प्रस्तावका विषयमा पनि छलफल गर्नेछ ।

केही दिनअघि जनता समाजवादी पार्टीका नेताहरुले पहिलेदेखि नै आफुहरुले उठाउदै आएको संसोधनको मुद्दामा सहयोग गर्न कांग्रेसलाई आग्रह गरेका छन् ।

सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचिमा समावेश गर्नका लागि संविधान संशोधन गर्न सरकारले संसदमा प्रस्ताव दर्ता गराएको छ । संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक पर्छ ।