७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो

नेपालब्रिटेन संवाददाता
१७ जेष्ठ २०७७, शनिबार ११:११

काठमाडौं । नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा १८५ जना पुरुष छन् भने ४ जना महिला छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
सप्तरीको डाकनेश्वरी नगरपालिकाका नौ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाकनेश्वरी नगरपालिका–५ पातोस्थित क्वारेन्टाइनमा रहेका १८ वर्षीया एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डाकनेश्वरी नगरपालिका–१ का एक, वडा नम्बर ३ का दुई, वडा नम्बर ५ का चार र वडा नम्बर ८ का दुई जनामा संक्रमित थपिएका हुन् । थप भएका सबैजना भारतबाट आएका हुन् । संक्रमितहरु १८ देखि ६० वर्ष उमेरका छन् । डाकनेश्वरी नगरपालिकामा मात्र कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

सप्तरीमा भने संक्रमितको संख्या ४२ पुगेको छ । संक्रमितमध्ये राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसन वार्डमा २४ जनालाई राखिएको छ ।