१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रुकुम हत्या प्रकरण : मानवअधिकार आयोगको टोली घटनास्थलतर्फ

नेपालब्रिटेन संवाददाता
१८ जेष्ठ २०७७, आईतवार ०८:४०

काठमाडौं । रुकुम पश्चिममा पाँच जना मान्छे मारिएको घटनाको अनुसन्धानका लागि मानवअधिकार आयोगको टोली घटनास्थलतर्फ गएको छ । आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईं नेतृत्वको आयोगको टोली आज त्यसतर्फ प्रस्थान गरेको हो ।

अधिकारकर्मीको टोली गाउँमा नै पुगेर अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गर्नेछ । अन्र्तजातिय विवाहका गर्न लागेको भन्दै पश्चिम रुकम चौरजहारीको सोती र मृतकको गाउँ जाजरकोटमा पाँच जना मारिएका थिए ।

जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहित युवाहरुको समूह नवराजकी प्रेमिका भनिएकी एक मल्ल थरकी युवतीलाई ल्याउन भन्दै चौरजहारीको सोती गाउँ पुगेका थिए । सोही बेलामा गाउँमा झडप भएको र भागाभागको क्रममा ५ जनाको मृत्यु भएको भनिएको छ ।