१३ बैशाख २०८१, बिहीबार
Follow Us

तमु धिंद्वारा गण्डकी अस्पताललाई स्वास्थ्य सामग्री

नेपालब्रिटेन संवाददाता
१८ जेष्ठ २०७७, आईतवार १६:३१

चिप्लेढुङ्गा । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई साउथ इष्ट रिजनल तमु धिं युकेले एक लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाका उपाध्यक्ष पार्वती गुरुङले आज प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्य र डीन डा नरेन्द्रविक्रम गुरुङलाई रु एक लाख बराबरको सेनिटाइजर र मास्क हस्तान्तरण गर्दै संस्थाले विपत्तिका समयमा सधैंँ नेपालमा सहयोग गर्दै आइरहेको र भूकम्पका बेला विभिन्न विद्यालयलाई रु १८ लाख सहयोग गरेको जानकारी दिनुभयो ।
अस्पतालका निर्देशक डा आचार्यले कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेका अवस्थामा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीका लागि प्रदान गरिएको सामग्री निकै उपयोगी हुने बताउँदै संस्थालाई प्रशंसापत्र प्रदान गर्नुभयो ।