१५ चैत्र २०८०, बिहीबार
Follow Us

कोडेक यूकेद्वारा राहत वितरण

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७७, आईतवार २०:२२

लन्डन । बेलायतको एउटा च्यारिटी संस्था कम्युनिटी डेभलप्मेन्ट सेन्टर (कोडेक यूके) ले लकडाउनका कारण समस्या झेलेका विद्यार्थी तथा वृद्धवृद्धालाई राहत वितरण शुरु गरेको छ ।

संस्थाले अत्यावश्यक परेका ६ जना विद्यार्थीलाई राहत स्वरुप खाद्यान्न वितरण गरिसकेको र यो क्रम अर्को सूचना जारी नभएसम्म चलिरहने कोडेककी ट्रष्टी ज्योति घिमिरेले जनाइन् ।

वितरित खाद्यान्नमा दाल चामल, तेल, आंटा, सिरियल, नुडल्स्, बिस्कुट, क्यान फुड लगायत छन् । संस्थाले अति आवश्यक परेका व्यक्तिलाई सम्पर्क गर्न आव्हान गरेको छ ।

पायक पर्नेले आफैं गएर संकलन गर्न सक्नेछन् भने टाढा बस्नेका लागि ‘अनलाइन अर्डर’ गर्ने व्यवस्था समेत मिलाइएको छ । संस्थाले चन्दा र विभिन्न प्रायोजकबाट प्राप्त रकमबाट कोभिड प्रभावित व्यक्तिलाई खाद्यान्न वितरण गरेको हो ।

संस्थाले हरेक शनिबार र आइतबार राहत वितरण गरिने बताएको छ ।

राहत आवश्यक पर्नेका लागि सम्पर्क-
-ज्योति घिमिरे : 07446070210
-विशेष गुरागाई : 07783845534
-अरुण चालीसे : 07731772726
-रुक्मिणी श्रेष्ठ थापा : 07883023316