१५ चैत्र २०८०, बिहीबार
Follow Us

२ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७७, आईतवार २०:५२

काठमाडौं । कोरोनाका कारण २ वर्षीया बालिकाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बाजुराकी ती बालिका ८ दिन पहिला भारतबाट अविभावकसँग नेपाल आएकी थिइन्। उनको स्वासप्रस्वासमा समस्या, ज्वरो र झाडापखला लागेपछि जेठ १५ गते जिल्ला अस्पताल बाजुरमामा भर्ना गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार उनको गए राति मृत्यु भएको हो । जेठ १६ गतेनै उनको स्वाब संकलन गरिएको थियो । सेति प्रादेशिक अस्पतालमा गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको छ।