११ बैशाख २०८१, मंगलवार
Follow Us

बाँकेमा माइक्रो दुर्घटनामा १२ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१९ जेष्ठ २०७७, सोमबार ०२:५०

नेपालगन्ज । बाँके अगैयामा गएराति भएको मिनि बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट आएका मजदुरलाई दाङ हुँदै सल्यानतर्फ लैजान हिँडेको बा ४ ख ९०६४ नम्बरको फोर्स मिनिबस बाँकेको राप्ती सोनारी गाउँपालिका दुई स्थित ठोरिया जंगलमा बिग्रिएर रोकिएको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा एघार पुरूष र एक महिला रहेका छन् । घाइते २१ मध्ये दुईको अवस्था गम्भिर रहेको भेरी अञ्चल अस्पतालले जनाएको छ ।भारतका विभिन्न स्थानवाट नेपालगञ्ज आइपुगेका सल्यान र दाङका ३३ जनालाई लिएर हिडेको बस राति साढे १२ बजेतिर दुर्घटनामा परेको हो । चालकले मादकपदार्थ सेवन गरेका कारण दुर्घटना भएको घाइतेहरुले बताएका छन् ।

नेपालगन्जबाट सल्यानतर्फ जाँदै गरेको मिनिबस अगैयामा बिग्रिएर बसेको ना ५ ख ५९९५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटनमा परेको प्रहरीले जनाएको छ । भारतवाट आएका हुनाले दुर्घटनामा परेका सबैको अस्पतालले स्वाब संकलन गरेको छ । अस्पतालको आकस्मिक कक्षलाई नै आइसोलेसनमा परिणत गरेर घाइतेको उपचार भइरहेको हो ।