६ बैशाख २०८१, बिहीबार
Follow Us

ब्राजिल कोरोना महामारीको केन्द्र बन्दै

नेपालब्रिटेन संवाददाता
१९ जेष्ठ २०७७, सोमबार ०३:४७

केही समय यता ब्राजिल कोरोना महामारीको केन्द्र बन्दै गएको छ । ब्राजिलमा दैनिक ३० हजारको हाराहारीमा संक्रमित थपिन थालेका छन । त्यस्तै दैनिक मृत्यु दरपनि एक हजार पुगेको छ । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट २८ हजार ८ सय ७२ जनाको मृत्यु भएको छ । कुल संक्रमितको संख्या पाँच लाख नाघेको छ ।

ब्राजिलमा शनिबार एकै दिन ३३ हजार २ सय ७४ जनामा संक्रमण पुष्टि भएको थियो भने ९ सय ५६ जनाले ज्यान गुमाएका थिए । महामारीबाट सबैभन्दा बढी प्रभावित हुने देशको सूचिमा ब्राजिल चौथो स्थानमा छ । लकडाउन खुकुलो पार्ने निर्णय गरेसँगै संक्रमितको संख्या ब्राजिलमा बढेको हो ।

संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीको चाप बढेको छ छ । कतिपय अस्पतालमा हाहाकार मच्चिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।