१५ बैशाख २०८१, शनिबार
Follow Us

जुवा खेल्दै गरेको अवस्थामा अशोक अग्रवालसहित ९ व्यवसायी पक्राउ

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०७७, मंगलवार ०३:५७

काठमाडौं । काठमाडौँको कमलादीबाट जुवा खेल्दै गरेको अवस्थामा ९ जना व्यवसायी पक्राउ परेका छन् । कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलबाट प्रहरीले उनीहरुलाई जुवा खेल्दै गर्दा रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा व्यवसायी अशोककुमार अग्रवाल, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, रामचन्द्र संघाई, गोविन्दराम सरिया, विमल आउजा, विमल खेतान, नन्दकिशोर शर्मा तथा होटल संचालक भारतीय नागरिक मिक्की जोगाई छन् ।