८ बैशाख २०८१, शनिबार
Follow Us

तौलिहवामा लगाइएको निषेधित क्षेत्र फिर्ता

नेपालब्रिटेन डट कम्
२१ मंसिर २०७३, मंगलवार ०८:३३

कपिलवस्तु । संविधान संशोधन प्रस्तावको समर्थन र विरोधमा प्रदर्शन हुन थालेपछि सदरमुकाम तौलिहवा क्षेत्रमा स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र फिर्ता लिइएकोे छ ।

तौलिहवामा सोमबार बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् निमित्त प्रजिअ भरतकुमार बुढाथोकीका अध्यक्षतामा आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज बिहान १० बजेदेखि लागु हुने गरी निषेधित क्षेत्र फुकुवा गरेको हो ।

जिल्लाको शान्ति व्यवस्थामा खलबल हुन सक्ने देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम निषेधित क्षेत्र घोषणा गरिएको थियोे । छ दिनदेखि संशोधन प्रस्तावको समर्थन र विरोधमा भएको प्रदर्शनले जिल्लाको उत्तरी क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ ।

हाल उत्तरी क्षेत्रका बजार, यातायात, बैंक र शैक्षिक संस्था बन्द छन् । बन्दका कारण सार्वजनिक यातायातका साधन नचल्दा सर्वसाधारण मारमा परेका छन् । बन्दको असर तौलिहवा र दक्षिणी क्षेत्रमा भने परेको छैन ।