८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतबाट नेपाल होलिडे गएका युवाको किन हत्या गरियो ?

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०७७, मंगलवार २१:०६

लन्डन । लन्डनबाट होलिडे गएका एक युवाको नेपालमा हत्या भएको छ । इटहरी उपमहानगरपालिका २० तरहरा निवासी २८ वर्षीय रादन राईको सामान्य विवादका क्रममा हत्या भएको हो ।

१९ वर्षीय अभिषेक केसी, २३ वर्षीय अभिषेक पौडेल र मोरङ कानेपोखरीका २० वर्षीय प्रज्ज्वल तामाङले राईको गत आइतबार हत्या भएको बताएको छ। इलाका प्रहरी कार्यालयले हत्या आरोपमा तीनै जनालाई पक्राउ गरेको छ ।

स्वर्गीय राईकै घरमा बसेर मादक पदार्थ पिइरहेका उनीहरु केही बेरपछि बजार निस्किएका थिए । बजारमा सामान्य विवादपछि आक्रोशित युवाले पछि राई घर फर्कने क्रममा एकता टोलमा बाटो छेकेर बांसको लठ्ठी र छुरा रोपेका थिए ।

घाइते राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घट्नाका मुख्य नाइके भनिएका प्रज्वल तामाङ, अभिषेक पौडेल र अभिषेक केसी विगतमा लागूऔषध सेवनमा संलग्न भएको प्रहरी भनाइ छ ।

अवकासप्राप्त ब्रिटिश आर्मी भिमबहादुर राईका कान्छा छोरा राई लन्डन हन्स्लो बस्थे । राई एक महिना बिदामा नेपाल जांदा लकडाउनले रोकिएका थिए । स्वर्गीय राई बिहेको तयारीमा थिए ।