१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोना भाइरसले पाकिस्तानमा एक मन्त्रीको ज्यान लियो

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०७७, मंगलवार २२:०७

लन्डन। कोरोना भाइरसबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ । सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अलि साहले आफ्ना सहकर्मीको मृत्युको पुष्टि गरेका छन् ।

कराँचीको एक निजी अस्पतालको आईसीयूमा उपचार गराइरहेका गुलाम मुर्ताज बलोचको मृत्यु भएको पाकिस्तानी समाचारपत्र डनको अनलाइन संस्करणले जनाएको छ ।

पाकिस्तान पिपुल्स पार्टीको नेता उनी सिन्ध प्रान्तका मानव संशाधन मन्त्री थिए । दक्षिण एशियामा कोरोनाबाट मृत्यु हुने उनी नै हाइप्रोफाइल राजनीतिज्ञ बनेका छन् ।