८ बैशाख २०८१, शनिबार
Follow Us

सीमाबारे नेपालले चालेका पछिल्लो कदमको पछाडि अरुकै हात छ : भारतीय रक्षामन्त्री

नेपालब्रिटेन संवाददाता
२१ जेष्ठ २०७७, बुधबार ०४:१४

काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले सीमाबारे नेपालले चालेका पछिल्लो कदमको पछाडि कसै न कसैको हात रहेको आरोप लगाएका छन् । भारतीय टेलिभिजन जी न्युजसँगको अन्तर्वार्तामा सिंहले नेपालले चालेका पछिल्ला कदममा अरुकै हात रहेको आरोप लगाएका हुन् ।

नेपालका केही मानिसले यता उता सोचेपछि आफुले नेपालवारे नराम्रो नसोच्ने र सम्बन्ध राम्रो बनाउनका लागि पहल गर्ने उनले बताएका छन । रक्षामन्त्री सिंहले नेपालसँग भारतको सदियौँदेखिको भावनात्मक सम्बन्ध रहेको भन्दै त्यसलाई कुनै पनि हालतमा टुट्न नदिने पनि उल्लेख गरेका छन् ।

दुई देशको बीचमा कुनै असमझदारी उत्पन्न भए वार्ताद्वारा समाधान गर्न भारतले पहल गर्ने पनि रक्षामन्त्री सिंहले अन्र्तवार्तामा उल्लेख गरे । यसअघि भारतीय सेनाध्यक्ष एमएम नरवणेले नेपालले अर्को मुलुकको आदेशमा सीमासम्बन्धी असन्तुष्टि प्रकट गरेको आरोप थिए ।

भारतले नेपाली भुमि लिम्पियाधुरा र लिपुलेक हुँदै नयाँ सडक निर्माण अघि बढाएपछि नेपालमा विरोध हुँदै आएको छ । नेपालले अतिक्रमित लिम्पियाधुरासम्मको भूभागलाई समेटेर नयाँ नक्सा समेत जारी गरिसकेको छ ।