१५ चैत्र २०८०, बिहीबार
Follow Us

हङकङबाट फिसटेलको बिटूबी अनलाइन सेवा सुरु

नेपालब्रिटेन डट कम्
२१ मंसिर २०७३, मंगलवार १०:३५

हङकङ– पर्यटन क्षेत्रमा स्थापित ब्रान्ड फिसटेल ट्राभल्स एन्ड टुर्सले विगत १५ बर्षदेखि हङकङलाई आधारभूमि बनाएर सेवा दिइरहेको छ । फिसटेलले ३ बर्षको अथक प्रयासपश्चात नेपाली वेभ संसारमै पहिलो अत्याधुनिक ‘बिटूबि अनलाइन’ सेवा को सुरुआत गरेको छ ।

डिजिटल यो पेजमा नेपाली उद्यम क्षेत्रले दिन नसकेको सेवा र सुविधासहित एकै पोर्टलमा बहुआयामिक सेवा र उत्पादन प्रदान गर्ने प्रणाली बिकसित गरिएको प्रवन्ध निर्देशक कृष्ण पाण्डेले जानकारी दिए । प्रतिस्प्रधात्मक बजारमा ग्राहक स्वंयले खुद मूल्य निर्धारण गर्ने परिपाटी बढिरहेको छ । ‘यही नै हाम्रो लागि अबसर र चुनौती दुवै हो, प्रवन्ध निर्देशक पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एउटै एयरलाइन्स, एउटै सेवा तर भिन्दाभिन्दै भाडा दर त्यसैको उदाहरण हो । नेपाल एयरलाइन्ससमेत यो प्रणालीभित्र छिरेको छ । यसलाई ‘आरबिडि सिस्टम’ भनिन्छ । हामीले पहिलोपटक नेपाल एयरलाइन्सको टिकट ‘आरबिडि सिस्टम’ अन्र्तगत डिजिटल प्रणालीमा समाबेस गरिएको छ ।’
2
नेपालको पर्यटन र राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स समेतलाई विश्व बजारमा यस अत्याधुनिक प्रविधिमार्फत पहिलो पटक प्रस्तुत र बिस्तार गर्ने अभिभारा पाएकोमा गर्व महसुस भएको उल्लेख गर्दै प्रवन्ध निर्देशक पाण्डेले विज्ञप्तिमा भनेका छन्, ‘माग र आपूर्तिको आधारमा तत्काल सर्च इञ्जिनमार्फत् भाडा तय गरिनु र स्मार्ट ग्राहकले त्यसको भरपुर लाभ लिनु अनलाइन ब्यावसायको सबैभन्दा उपलब्धि र उपयोगिता हो ।’
b2btravelbazar.com बिटूबिट्राभलबजार.कम अनलाइन पेजबाट तपाईं विश्वका ३५० भन्दा बढी हवाई कम्पनीका टिकट सुलभ र सहज तरिकाले अनलाइनबाटै खरिद गर्न सकिन्छ । तेस्तै बिश्वका ३ लाख ५० हजार होटेल र प्याकेजहरु पोर्टलबाटै छानीछानी बुक गर्न सकिनेछ । मुख्य मार्केट र ग्राहकलाई केन्द्रमा राखि अग्रेजी, चाइनिज (ट्रडिसनल र सिम्प्लिफाई), कोरियन र रसियन भाषामा पोर्टल सञ्चालन हुने छन् । हङकङका १५०० ट्राभल ऐजेन्सी र लक्षित बजारका २००० ट्राभल ऐजेन्सीहरुसँग सहकार्य गरी उत्पादन विश्व बजारमा बेचिने छ ।

यस ब्यापारिक परिबर्तन ले हामी आफ्नो ब्यावसायलाई मात्र रुपान्तरण भएको छैन, परिवर्तनका सम्बाहक नयाँ पुस्तासँग व्यापारिक, सामाजिक र पारिवारिक रुपमा गासिइ रहने छ भन्नेमा हामी विश्वस्त छौं । सन २००२ मा स्थापित फिसटेलको डिजिटल रुपान्तरणमा हङकङलगायत विश्वभर नेपालीको सहयोग र सदभाव रहने विज्ञप्तिमा उल्लेख छ ।
15380610_10210359214888755_8034516833368311531_n

1

nepal-packages

hong-kong-kathmandu-ra-fare_

hong-kong-hotels

hong-kong-london-airfares

kathmandu-hotels