१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वडाध्यक्षकै नेतृत्वमा प्रहरी चौकीमा आक्रमण

नेपालब्रिटेन संवाददाता
२१ जेष्ठ २०७७, बुधबार ०७:५२

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१४ स्थित छिवाङ ज्युउलामा रहेको अस्थायी प्रहरी चौकीमा जनप्रतिनिधिकै नेतृत्वमा आक्रमण भएको छ । मुसिकोट नगरपालिका–१३ का वडाअध्यक्ष दिपक केसीको नेतृत्वमा गएको टोलीले चौकीमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडाध्यक्षले मदिरा सेवन गरेर होहल्ला गरेको जानकारी पाएपछि प्रहरी टोली केसीलाई सम्झाउन पुगेको थियो । पछि केसीले गाँउले उठाएर ल्याएर चौकीमा कार्यरत प्रहरीलाई हातपात गरेका हुन् ।

सो क्रममा प्रहरीको हतियार समेत खोस्ने प्रयास भएको रुकुम प्रहरीले जनाएको छ । आक्रमणपछि बडाध्यक्ष लगायतका मानिस फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ ।