१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आज २०१ थपिए, संक्रमितको संख्या २३०० पुग्यो, ९ को मृत्यु

नेपालब्रिटेन संवाददाता
२१ जेष्ठ २०७७, बुधबार ११:१९

काठमाडौं । नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको मन्त्रालयले बताएको छ ।

यस अवधिमा २७८ जना निको भएर घर फर्किएका छन् भने ९ जनाको निधन भएको छ । दोलखामा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दोलखाका ७६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

सेती अस्पतालले भर्ना नगरी फर्कायो
आइसोलेसन वार्डमा शैय्या अभाव भएपछि सेती प्रादेशिक अस्पतालले कैलालीका पाँच कोरोना संक्रमितलाई भर्ना नगरी फिर्ता पठाएको छ । २४ शैयाको आइसोलेसन वार्ड बिरामीले भरिभराउ भएको र थप संक्रमितलाई राख्ने ठाउँ नभएको भन्दै सेती प्रादेशिक अस्पतालले पाँच जना कोरोना संक्रमितलाई फिर्ता पठाएको हो ।