१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चौतर्फी विरोध भएपछि कर तिर्ने समायावधि असार ७ गतेसम्म

नेपालब्रिटेन संवाददाता
२१ जेष्ठ २०७७, बुधबार ११:३०

काठमाडौ । चौतर्फी आलोचना भएपछि सरकारले कर बुझाउने म्याद थप गरेको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कर बुझाउने समय असार ७ गतेसम्मका लागि थप गरिएका जानकारी दिएको हो ।

यसअघि कर दाखिला गर्ने म्याद जेठ २५ गतेसम्म तोकिएकोमा कोरोना भाइरसको संक्रमणबाट उत्पन्न असहज परिस्थिततिका कारण म्याद थप गरिएको विभागले जनाएको छ । फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्धैमासिक र दोस्रो चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद असार ७ कायम गरिएको विभागले जनाएको छ ।

अन्तःशूल्कतर्फ फागुन, चैत र वैशाखको बुझाउनुपर्ने विवरण तथा त्यसअनुसारको अन्तःशूल्क दाखिलाको म्याद पनि असार ७ नै बनाइएको छ । आयकर ऐनअनुसार फागुन, चैत र वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउन म्याद पनि असार ७ नै तय गरिएको छ । सरकाले कोरोनाका त्रासकै बीच जेठ २५ कर तिर्न उर्दी जारी गरेको भन्दै चौतर्फी आलोचना भएको थियो ।