१३ बैशाख २०८१, बिहीबार
Follow Us

लन्डन डायरी : उद्धारको आशामा परदेशमा नेपाली

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७७, बुधबार २०:३५

लन्डन : विश्वका अधिकांश देशहरु महामारीसंग जुध्दैगर्दा नेपाल बाहिर रहेका १२३ नेपालीले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन जसमा निबृत गोर्खा सैनिकहरुको बाहुल्य रहेको बेलायतमामात्र ६७ जनाको मृत्यु भएको छ ।

नेपाल सरकारले प्रवासमा अलपत्र परेकाहरुलाई नेपाल फर्काउने पहल शुरु गर्दा यूरोपका अधिकांश देशहरुमा भने बन्दाबन्दी केही खुकुलो भैसके छ । यस अवधिमा छोटो समयकालागी बिदेश आएका र बन्दाबन्दीको मारले अन्योलमा परेकाहरुलाई नेपालीमूलका स्थानीयहरुले नै निशुल्क खान बस्नको ब्यवस्था मिलाएका छन ।

सुनिल बाबू खड्का जस्ता सामाजिक अभियन्ताहरुले नै अतिथी देवो भवको अमुल्य नेपाली सभ्यतालाई पाश्चात्य जगतमा पनि जोगाई राखेका छन र त कुनै नेपाली भोकै बस्नु परेको छैन ।

बन्दाबन्दीले बेलायतमै अड्किएका यस्ता नेपालीहरुलाई अब भने दुतावासको पहल कदमीबाट नेपाल फर्काइने बेलायतकालागी नेपाली दुतावासका प्रवक्ता शरद राज आरणले जनाए।

बेलायत, आयरर्ल्याण्ड र माल्टालाई त बेलायतस्थित नेपाली दुतावासले सहयोग गर्ने भएको छ। तर, कयौं यूरोपियन राष्ट्रहरुमा नेपालको सरकारी नियोगहरु छैनन। त्यस्ता राष्ट्रहरुमा रहेकाहरुले भने स्थानीय एनआरएन प्रतिनिधिमार्फत आफ्नो बिबरण पेश गर्न सकिने बताउछन आवासीय नेपाली संघका यूरोप उप संयोजक कृष्ण तिमिल्सिना ।

रेडियो कान्तिपुरका लागि लण्डनबाट रुपेश सिलवालको यो रिपोर्ट