१२ बैशाख २०८१, बुधबार
Follow Us

सप्तरीमा थप २ जनाले गरे आत्महत्या

नेपालब्रिटेन संवाददाता
२२ जेष्ठ २०७७, बिहीबार १०:५०

सप्तरी । लकडाउनका बेला सप्तरीमा एकै दिन दुई महिलाले आत्महत्या गरेको घटनाको दुई दिन नबित्दै फेरी दुई जनाले आत्महत्या गरेका छन् ।

पछिल्लो पटक बुधबार साँझ आत्महत्या गर्ने दुईमध्ये एक तेश्रोलिंगि पनि छन् । प्रहरीका अनुसार सप्तरीको तिरहुत गाउँपालिका ३ का २० वर्षिय शंकर रजक तथा शम्भुनाथ नगरपालिका २ का २८ वर्षीय मनिषकुमार यादव छन् । यादव तेश्रोलिंगि हुन् ।

रजकले घर नजिकैको रुखमा र यादवले आफ्नै कोठामा घाँटीमा गम्छाको पासो लगाई आत्महत्या गरेको डिएसपी तिलक भारतीले जानकारी दिएका छन् । आत्महत्याको कारण भने खुल्न नसकेको बताउँदै डिएसपी भारतीले मृतक दुबैको शव पोष्टमार्टामका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल पु-याई घटना बारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

दुई दिन अघिपनि सप्तरीको कंचनरुप नगरपालिका ७ की ३५ वर्षीया रम्भादेवी राम र महदेवा गाउँपालिका ४ की १४ वर्षीया सन्तोषी मण्डलले झुण्डिएर आत्महत्या गरेकी थिइन् । योसँगै पाँच दिनको अवधीमा जिल्लामा आत्महत्या गर्नेको संख्या चार पुगेको प्रहरी तथ्याङ्कले देखाएको छ ।