१३ बैशाख २०८१, बिहीबार
Follow Us

यसरी छुट्दै छन भिआईपी जुवाडेहरु ! उनिहरुको उधोगधन्दा यस्तो

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०७७, शुक्रबार १०:०१

काठमाडौ । जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले काठमाडौंको कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलमा छापा मारर्दा जुवाखालबाट पक्राउ परेका ९ जना मारवाडी जुवाडेहरु नेपालमा नाम चलेका र धेरै आर्थिक कारोबरा गर्ने कम्पनीका मालिक हुन् ।

जुवाखालबाट पक्राउ परेका ९ जना हाई पौफाईल जुवाडे पक्राउ परेलगत्तै उच्च राजनीतिक दबाबका कारण उनीहरूलाई प्रहरीले सोमबार नै हाजिर जमानीमा छोड्न खोजेको थियो । तर चौतर्फी दबाबका कारण उनीहरुलाई पाँच दिन म्याद थपेर अनुसन्धान गरेको प्रहरीले विहीबार अनुसन्धान सकेको छ । भने शुक्रबार प्रहरीले राय सहीत सरकारी वकील कार्यालयमा प्रतिबेदन बुझाउने छ ।

मुलुकको अर्थतन्त्र यि र यस्तै व्यवसायीहरु माथी निर्भर रहेको छ । तर तिनै व्यवसायीहरु कानुनले बर्जित गरेको कार्यमा एकपछि अर्को गर्दै संलग्न हुदै आएका छन । गत सोमबार राती पक्राउ परेका यि नौ जना एउटा उदाहरण मात्रै हुन ।

पक्राउ परेका उधोगी व्यवसायी उधोग र कारोवार यस्तो छ
नम्बरः १
रामचन्द्र संघाइ
यि हुन एनआइसी एसिया बैंकका प्रोमोटर, चर्चित त्रिवेणी ग्रुपका निर्देशक रामचन्द्र संघाई, उनीमाथि सर्वसाधारण निक्षेपकर्ताको बैंक मौज्दात जुवा खेलेर उडाएको आरोप लागेको छ । यसबाहेक त्रिवेणी ग्रुपको कर सम्बन्धि मामिला पनि गञ्जागोल छ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनाका उपाध्यक्ष पदका उम्मेदवार समेत हुन्

नम्बर: २
अशोक अग्रवाल
विशाल ग्रुपका अध्यक्ष र विभिन्न इन्स्योरेन्स कम्पनी, बैंक, वैदेशिक व्यापार आयातमा संलग्न नेपालका लागि गिनीका अवैतनिक बाणिज्यदूत समेत रहेका छन । विशाल गु्रप नेपालमा नगदको कारोबार गर्ने सबभन्दा ठूलो व्यापारिक समूह हो । तर राजनीतिक नेता र सरकारी कर्मचारी संग अनैतिक मिलेमतो गरेर नितीगत भ्रष्टचार गरी इलेक्टीक गाडीको भंसार प्रकरणमा समेत उनको संलग्नता रहेको छ ।

नम्बर: ३
विमल अउजा
विशाल गु्रपकै संचालक हुन

नम्बर: ४
विमल खेतान ।

नम्बर: ५
पुरुषोत्तम घिराइया
इन्डौकका कपडा व्यापारी तथा नेपालमा आयात हुने थुप्रै कपडा ब्यापारी हुन

नम्बर: ६
गोविन्दराम सरिया
सरिया आफुलाई झापाको ठुलो चिया उद्योगी व्यवसायीको परिचय बनाएका ब्यक्ति हुन । र चिया व्यापारीको भेषमा हुण्डी कारोबारमा पनि उनको नाम जोडिने गरेको छ ।

नम्बर: ७
सुरेश अग्रवाल
सूर्य लाइफ इन्स्योरेन्सका सञ्चालक एवं नेपालमा गार्मेन्ट व्यवसाय फस्टाएको समयका चल्तापुर्जा मानिने सुरेश अग्रवाल अहिले उनी कपडाको व्यापार गर्छन् । पछिल्लो समय चर्चामा आउने गरेको मेरियट होटलका मालिक सुमित अग्रवाल सुरेशका नजिकका आफन्त हुन् ।

नम्बर: ८
नन्दकिशोर शर्मा
नेपालमा छोटो समयमा धेरै फस्टाएको ज्योति लाइफ इन्स्योरेन्सका मालिक हुन ।

नम्बर: ९
निकी जोगाई
कि एल शर्मा संग क्याटीग व्यवसायमा सहायकका रुपमा आएका गोपाल जोगाईका छोरा निकी जोगइ नेपालमा उद्ययोग व्यवसाय गरेर बसेका र नेपालमा जुवा खेलाउने र पुतलीसडकमा १५ वर्ष मिठाई बेचेर कमलादीमा बुटिक होटलदेखि काठमाडौंमा अर्बौंको कारोबार गर्दै आएका व्यक्ती हुन निकी ।