६ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतस्थित संस्थाहरुले गरे रुकुम पश्चिम घटनाको निन्दा

नेपालब्रिटेन डट कम्
२३ जेष्ठ २०७७, शुक्रबार १७:२३

लन्डन । बेलायतस्थित झन्डै एक दर्जन संस्थाहरुले रुकुम पश्चिममा दलित समुदायमाथि भएका हिंसात्मक घटनाको निन्दा गर्दै दोषीहरूलाई कडा कारवाही गर्न माग गरेका छन्।

एक विज्ञप्तिमा ती संस्थाहरुले गत २३ मे २०२० मा पश्चिम रुकुम चौरजहारीमा अन्तरजातीय विवाह सम्बन्धी विषयलाई लिएर सिंगै गाउँ मिलेर २१ वर्षे नवराज विक र उनीसंगै गएका पाँच जना दलित तथा गैरदलित युवालाई लखेटी लखेटी निर्मम यातना दिइ हत्या गरेको खबरले बेलायतवासी नेपाली स्तब्ध भएको जनाएका छन् ।

“एक्काइसौं शताव्दीमा पनि यस्तो बर्बर जातीय हिंसा भड्किनुले विश्वसामु नेपाली समाज, संस्कृति र सभ्यताकै बेइज्जती भएको तर्फ ध्यान आकृष्ट गर्न चाहन्छौं। विगतका धेरै जातीय छुवाछुत र यातनाका जस्तै यो जघन्य घटनामा संलग्नहरू पनि राज्यले जोगाउँने आशंकामा देशभरिका दलित समुदाय आन्दोलित भएका छन्। एक प्रकारले मुलुककै प्रतिष्ठासंग जोडिएको घटना हुनाले पनि यसको निस्पक्ष छानबिन र अनुसन्धान गरी यथासक्य छिटो अपराधीहरूलाई कानून बमोजिम दण्डसजाय गराउन हामी नेपाल सरकार र अन्य सम्बन्धित निकायहरूलाई विशेष माग राख्न चाहन्छौं,” विज्ञप्तिमा भनिएको छ।

“नेपाल सरकारलाई देशको संविधान र कानुन तथा यसले अनुमोदन गरेका अन्तर्रास्ट्रिय मानवअधिकार संयन्त्र (विशेषत: ‘सवै प्रकारका जातीय भेदभाव विरुद्ध’ को अनुबन्ध) लाइ सम्मानगर्दै विभेदका कारण उच्च जोखिममा रहेका दलित समुदायको संरक्षण र विकासको निम्ति अविलम्ब विशेष पहल गर्न जोडदार माग गर्दछौं। नेपाल सरकारलाई देशको संविधान र कानुन तथा यसले अनुमोदन गरेका अन्तर्रास्ट्रिय मानवअधिकार संयन्त्र (विशेषत: ‘सवै प्रकारका जातीय भेदभाव बिरुद्ध’ को अनुबन्ध) लाई सम्मान गर्दै विभेदका कारण उच्च जोखिममा रहेका दलित समुदायको संरक्षण र विकासको निम्ति अविलम्ब विशेष पहल गर्न जोडदार माग गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।


संयुक्त विज्ञप्ति प्रकाशित गर्ने संस्थाहरु:

दलित आत्म-रक्षा अभियान (Dalit Self-Defence Campaign)_डा मित्र परियार

नेपालको लागि अन्तर-रास्ट्रीय ऎक्यबद्धता (International Solidarity for Nepal, INSOFN)_डा. कृष्ण उपाध्याय

नेपाली वेलफेयर सोसाइटी–श्री धन बहादुर सार्की

नेप्लिज अप्रेस्ड सोसाइटी (नोप्स) युके – श्री डिलु नेपाली

नेपाल पत्रकार महासंघ बेलायत_श्री दिनेश परियार

विश्वकर्मा कल्याण समाज (Biswakarma Welfare Society)_श्री चन्द्र बहादुर सुनार

विश्वकर्मा हेल्पिङ ह्याण्ड वर्ल्डवाइड_ श्रीकृष्ण गहतराज

रामेछाप समाज, बेलायत _श्री बुद्ध बराइली

सृजनशील नेपाली समाज, बेलायत_श्रीशेर सुनार/श्रीभक्त बहादुर दर्जी

सयपत्री नेपाली समाज, बेलायत– श्री दिलिप मोहोरा

संगम नेपाल समाज_श्री बुद्धिमान परियार