१५ बैशाख २०८१, शनिबार
Follow Us

डीभी नतिजा आज सार्वजनिक हुँदै

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०७७, शनिबार ०४:०५

काठमाडौं । अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डीभी चिट्ठाको नतिजा आज बेलुका सार्वजनिक हुँदैछ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार डीभी चिठ्ठाको नतिजा नेपाली समय अनुसार राति ९ बजेर ४५ मिनेटमा सार्वजनिक हुनेछ ।

नतिजा डिभलोटरी डट स्टेज डट जिओभि बेवसाइटमा हेर्न सकिने दुतावासले जनाएको छ । दुतावासले डीभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने पनि जनाएको छ । स्थायी बसोबास गर्न चाहनेका लागि अमेरिकाले संसारभरबाट चिठ्ठामार्फत हरेकबर्ष छनौट गर्दै आएको छ ।