८ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिकाले कोरोनाबाट बच्न २० लाख वटा खोप तयार पारिसक्यो : ट्रम्प

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०७७, शनिबार ०७:२१

न्यूयोर्क । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले देशलाई कोरोना भाइरसबाट बचाउन २० लाख वटा खोप तयार पारिसकेको दावी गरेका छन् । नियमित पत्रकार सम्मेलनका क्रममा उनले खोप तयार भएको जानकारी दिएका हुन् ।

ट्रम्पले खोपको सुरक्षित र प्रभावकारी प्रयोगबारे बैज्ञानिक प्रमाणिकरण हुने हुन बाँकी रहेको उल्लेख गरेका छन् । उनले खोप कुन कम्पनीले प्रयोग गरेको र कहिलेसम्म प्रयोगमा आउछ भन्ने बारे चाँकी केही खुलाएका छैनन् ।

राष्ट्रपति ट्रम्पले कम्तीमा ८ वटा कम्पनी भ्याक्सिन निर्माणको दौडमा अगाडि रहेको बताएका छन् । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले भने ट्रम्पको भनाइबारे आफुलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

ट्रम्प प्रशासनले कोरोनाविरुद्धको भ्याक्सिन निर्माणका लागि ५ वटा कम्पनी छनोट गरेको छ । खोप निर्माणमा सबैभन्दा अगाडि अमेरिकी कम्पनी ‘मोडर्ना’ अगाडि रहेको छ ।

आजसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख ९७ हजार ८ सय ३८ पुगेको छ । त्यस्तै अहिलेसम्म अमेरिकामा एक लाख ९ हजार १ सय ४३ जनाको मृत्यु भएको छ ।