६ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा कोभिड–१९ सङ्क्रमित ४० हजार ४६५ को मृत्यु

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०७७, शनिबार १५:५७

लन्डन । बेलायतमा शुक्रबारसम्ममा ४० हजार ४६५ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको यहाँको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालयले शनिबार जानकारी गराएको छ । विगत २४ घण्टामा थप २०४ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको बेलायतले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो तथ्याङ्कमा कोभिड–१९ का अस्पताल, हेरचाह केन्द्र तथा समुदायमा कोरोना भाइरसको सङ्क्रमणका कारण सङ्क्रमित तथा मृत्यु भएका सबै व्यक्तिको रेकर्ड रहेको छ ।