१५ चैत्र २०८०, बिहीबार
Follow Us

अर्बपति फुटबलर रोनाल्डो

नेपालब्रिटेन संवाददाता
२५ जेष्ठ २०७७, आईतवार ०३:१६

लन्डन । पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो फुटबलबाट १ बिलियन कमाइ गर्ने पहिलो फुटबल खेलाडी बनेका छन् । बेलायती पत्रिका फोब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डोले खेल करियरमा १ अरबभन्दा बढी कमाइ गरेको हो ।

रोनाल्डोले फुटबलबाट मात्रै करियरमा ६५ करोड डलर आम्दानी गर्दा बाँकी विभिन्न प्रायोजकबाट कमाएका छन् । रोनाल्डोलाई नाइकीले आजीवन प्रायोजन गरेको छ । फोब्सका अनुसार उनी युभेन्टसमा आबद्ध भएको २४ घण्टामै ५ लाख २० हजार थान जर्सी बिक्री भएको थियो । जसबाट क्लबले एकै दिनमा ६० लाख डलर आम्दानी गरेको थियो ।

रोनाल्डोको यो वर्षको आम्दानी १० करोड ५० लाख डलर रहेको थियो । फुटबलका अर्का स्टार अर्जेन्टाइन खेलाडी लियोनल मेस्सीले आफ्नो करियरभर ६० करोड ५ लाखको आम्दानी गरेका छन् । फोब्सका अनुसार रोनाल्डोले गत वर्ष १ सय ५ मिलियन कमाइ गरेका थिए । यस्तै, रोनाल्डो खेल क्षेत्रबाट १ अर्ब कमाउने तेस्रो खेलाडी बनेका छन् ।

यसअघि गल्फर टाइगर उड्स (२००९) र बक्सर फ्लोयद मेवेदर (२०१७) मा अरबपतिको सूचीमा प्रवेश गरेका थिए । रोनाल्डो सर्वाधिक कमाउने खेलाडीको दोस्रो नम्बरमा रहेका छन् । उनी टेनिसका रोजर फेडेररभन्दा पछि छन् । यस्तै, फुटबलरतर्फ रोनाल्डोले लियोनल मेस्सीलाई पछि पारेका छन् । मेस्सीको कमाइ १ सय ४ मिलियन रहेको छ । यस्तै, ३५ वर्षे रोनाल्डो सर्वाधिक कमाइ गर्ने सेलिब्रेटीको चौथो स्थानमा रहेका छन् ।